पोखरा

फेवातालको मूल जलाधार क्षेत्रमा जथाभावी मोटरबाटो विस्तारले तालकै अस्तित्व संकटमा पारेको छ । "/>

अनियन्त्रित सडक विस्तारले फेवाताल संकटमा

अनियन्त्रित सडक विस्तारले फेवाताल संकटमा

केन्द्रबिन्दु
0
Shares

पोखरा

फेवातालको मूल जलाधार क्षेत्रमा जथाभावी मोटरबाटो विस्तारले तालकै अस्तित्व संकटमा पारेको छ । माकुराको जालो झैं ताल सिरानमा खनिएको सडकका कारण फेवाताल पुरिने खतरा बढेको हो ।

तालको सिरान क्षेत्रमा मोटरबाटो विस्तार हुँदै जाँदा त्यहाँबाट बगेको माटो सीधै फेवातालमा मिसिने गरेको छ । त्यसले फेवाताल पुरिने क्रम झनै तीव्र पारेको छ । तालको सिरान क्षेत्रका बस्तीमा मोटर पुर्याउने उद्देश्यले बाटो खनिएको हो । ताल आसपासका डाँडामा समेत मोटरबाटो विस्तार हुँदा बगेको माटो सीधै तालमा मिसिने गरेको छ ।

तालको मूल सिरान पञ्चासे क्षेत्र हो । त्यस क्षेत्रमा पर्याप्त खहरे खोला छन् । त्यही क्षेत्रमा बर्सेनि मोटरबाटो विस्तार हुँदा वर्षामा पहिरो झर्ने क्रम पनि उत्तिकै तीव्र छ । त्यस बाहेक खहरेको भेल पनि सीधै तालमा मिसिने गरेको छ । पञ्चासे क्षेत्रको जैविक विविधता अध्ययन गरेका अध्ययनकर्ता सञ्जय देवकोटाका अनुसार सन् २०१६ अगस्टसम्म त्यस क्षेत्रमा ३ सय ५ किलोमिटर मोटरबाटो खनिसकिएको थियो । त्यसपछि पनि बाटो विस्तारको काम जारी छ ।

‘२०१६ को अगस्ट सम्मको तथ्यांक हेर्दा नै तालको जलाधार क्षेत्रमा मोटरबाटो विस्तारको अवस्था डरलाग्दो थियो । अहिले झनै बाटो थपिएको छ,’ देवकोटाले भने, ‘सडक सञ्जाल यस्तो छ कि कुन बाटो कहाँ जान्छ भन्ने नै पत्तो छैन ।’ त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधिको अनुसन्धानका क्रममा जलाधार क्षेत्रको एक सय ११ वर्गकिलोमिटर क्षेत्रमा अध्ययन गर्दा ३ सय ५ किलोमिटर सडक विस्तार भएको उनले बताए । ‘जलाधार क्षेत्रको यो डरलाग्दो अवस्था हो । यस्तै अवस्था रह्यो भने ताललाई अझै खतरा हुुन सक्छ,’ उनले भने, ‘अहिलेसम्म अरु सडक पनि थपिएको छ ।’
नागरिकबाट

Skip This
Skip This
Logo