काठमाडौं । रियल म्याड्रिडले च्याम्पियन्स लिगमा लज्जास्पद हार व्यहोरेको छ । गएराति भएको क्वार्टरफाइनलको पहिलो लेगमा आर्सनलसँग उसकै मैदानमा ३-० गोलअन्तरले रियल स्तब्ध भएको हो ।
आर्सनलका लागि डेक्लान राइसले २ गोल गरे भने मिकेल मेरिनोले एक गोल थपे । सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । राइसले उत्कृष्ट फ्रि-किकमार्फत ५८औं मिनेटमा अग्रता दिलाएका थिए । ७०औं मिनेटपछि राइसले दोस्रो गोल पनि फ्रिकिक मार्फत नै गरे ।
७५औं मिनेटमा मिकेल मेरिनोले क्रसमा आएको बललाई उत्कृष्ट फिनिस गरे । इन्ज्युरी समयमा एडुआर्डो क्यामाभिङ्गाले दोस्रो पहेंलो कार्ड पाएपछि रियल १० खेलाडीमा सिमित भएको थियो। यो फराकिलो हारले च्याम्पियन्स लिगकै सर्वाधिक सफल क्लब रियलका लागि निकै ठूलो चुनौती थपिएको छ ।
यता आर्सनलको भने २००८/०९ सिजनपछि पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । दोस्रो लेग साविक विजेता रियलको मैदानमा हुनेछ।





























प्रतिक्रिया