काठमाडौं । विद्यालय शिक्षा ऐनको मागसहित सडक आन्दोलनमा होमिएका शिक्षकहरुले बुधबार पनि निरन्तरता दिएका छन् । चरणबद्ध रुपमा आन्दोलन अघि बढाइरहेका देशभरका शिक्षकहरु यतिबेला शैक्षिक हड्ताल घोषणा गरेर काठमाडौंका सडकमा छन् ।
विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० चाँडोभन्दा चाँडो पारित गरियोस् भन्ने माग राख्दै नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरूको आन्दोलन चैत २० गतेदेखि जारी छ। शिक्षकहरू बबरमहल–बानेश्वर सडकमा भेला भई शान्तिपूर्ण रूपमा सरकारको ध्यानाकर्षण गराइरहेका छन्। शिक्षकहरुको आन्दोलनले सवारी आवागमन अस्तव्यस्त बनेको छ र सर्वसाधारणलाई सास्ती भएको छ ।































प्रतिक्रिया