इक्यानको ‘एडुक्लेभ ३‍.०’ काठमाडौंमा सुरु

इक्यानको ‘एडुक्लेभ ३‍.०’ काठमाडौंमा सुरु

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले आयोजना गरेको ‘एडुक्लेभ ३‍.०’ काठमाडौंमा सुरु भएको छ । कार्यक्रममा वैदेशिक अध्ययनका लागि नेपालमा व्यवस्था भएको नीतिगत विषयमा छलफल हुनेछ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उद्योगमन्त्री दामोदर भण्डारीको उपस्थिति रहेको छ । त्यस्तै, कार्यक्रममा इक्यानका अध्यक्ष शेषराज भट्टराई, निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, प्रथम उपाध्यक्ष एन्ड्रयु पोडे, ईक्यानका सल्लाहकारहरूको उपस्थिति रहेको छ ।

त्यसैगरी नेपाल शैक्षिक परामर्श व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र बराललगायत विभिन्न शैक्षिक परामर्श क्षेत्रका पदाधिकारीहरूको सहभागिता रहेको छ ।

कार्यक्रमको पहिलो वक्ताको रुपमा उद्योगमन्त्री दामोदर भण्डारी रहेका छन्। उनले कन्सल्टेन्सीको औद्योगिक मान्यता र सरकारको भूमिका विषयमा आफ्नो भनाई राख्नेछन्।

Skip This
Skip This
Logo