अर्थतन्त्रलाई लयमा फर्काउन निजी क्षेत्रको योगदान महत्वपूर्ण छ -उद्योगमन्त्री भण्डारी

अर्थतन्त्रलाई लयमा फर्काउन निजी क्षेत्रको योगदान महत्वपूर्ण छ -उद्योगमन्त्री भण्डारी

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अर्थतन्त्रलाई लयमा फर्काउन निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०८१ का अवसरमा बिहीबार आयोजित विशेष सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले निजी क्षेत्रको सहकार्य देश विकासको लागि अपरिहार्य रहेको बताएका हुन् ।

उनले भने, ‘अर्थतन्त्रलाई लयमा फर्काउन निजी क्षेत्रको योगदान महत्त्वपूर्ण छ । निजी क्षेत्रको अगुवाइमा ८ वटा कानुन परिमार्जन गरेको छौं । लगानी वातावरण अनुकुल बनाउन यसको नीति नियमलाई सहज बनाउन पहल भइरहेको छ ।’

निजी क्षेत्रलाई प्रोत्साहित गर्न सरकारले मार्ग चित्र तय गरेको पनि उनको भनाई छ ।

साथै मन्त्री भण्डारीले पारदर्शिता र जवाफदेहीमा महासंघले खेलेको भूमिका महत्त्वपूर्ण रहेको औंल्याए । ‘पारदर्शिता र जवाफदेहीमा महासंघले महत्त्वपूर्ण भूमिका खेलेको छ । सरकारको महत्त्वपूर्ण साझेदार महासंघ हो । निजी क्षेत्रको सहकार्य देश विकासको लागि अपरिहार्य छ । आगामी आर्थिक वर्षको बजेटमा पनि निजी क्षेत्रबाट राम्रो सुझाव आउँछ भन्ने अपेक्षा छ ।’ उनले भने ।

Skip This
Skip This
Logo