काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का महासचिव दिपकराज भुसालले चार दशक लामो इतिहास बोकेकाे शैक्षिक परामर्श क्षेत्र अझै पनि संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको बताएका छन्।
इक्यानले आयोजना गरेको ‘एडुक्लेभ ३.०’ कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले यस्तो बताएका हुन् । उनले इक्यान स्थापना भएको २८ वर्ष बितिसक्दा पनि नेपाल सरकार र शिक्षा मन्त्रालय लगायतका सरोकारवाला निकायहरूले यस क्षेत्रलाई नीतिगत रूपमा व्यवस्थापन गर्न नसकेको गुनासो गरे।
उनले प्रमाणीकरण शाखाबाट २०६८ सालमा जारी गरिएको निर्देशिकाबाहेक अन्य नीतिगत व्यवस्था हुन नसक्दा शैक्षिक परामर्श क्षेत्र व्यवस्थित हुन नसकेको बताए। “सरकार, शिक्षा मन्त्रालय र सम्बन्धित निकायहरू नीतिगत रूपमा व्यवस्थापन गर्ने विषयमा कतै न कतै चुकिरहेका छन्,” उनले भने।
महासचिव भुसालले सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा वैदेशिक शिक्षाका लागि धेरै संख्यामा विद्यार्थीहरू गएको भन्ने भनाइ भ्रमपूर्ण र गलत रहेको दाबी गरे। आर्थिक वर्ष २०८०/८१ मा १ लाख १२ हजार नो अब्जेक्शन सर्टिफिकेट (एनओसी) जारी भएको भन्ने समाचार गलत भएको जिकिर गर्दै उनले वास्तवमा ५० देखि ६० हजार नेपाली विद्यार्थी मात्र उच्च शिक्षा हासिल गर्न विदेश गएको स्पष्ट पारे।





























प्रतिक्रिया