काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर इजलासको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
शुक्रवार सभापति लामिछानेले बुटवलको उच्च अदालत तुलसीपुरले गरेको आदेश विरुद्ध आफ्नो कानुन ब्यवसायी मार्फत सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको प्रवक्ता मनिष झाले बताए ।
बुटवलकाे सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलाई गत चैत २२ गते न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत रुपन्देहीको बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको थियो । अदालको सोही आदेश आए लगत्तै पक्राउ पर्जी विनानै गत शुक्रबार राति साढे ९ बजे उनकै बेडरुममै पुगेर प्रहरीले पक्राउ गरेको थियो ।





























प्रतिक्रिया