काठमाडौं । गएको चैत १५ गतेको राजावादी प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । आज बिहान झापाबाट पक्राउ गरेर काठमाडौं ल्याइएका प्रसाईंलाई १२ दिन हिरासतमा राख्न म्याद थप गरेको हो ।
गत १५ चैतमा तीनकुनेमा भएको राजवादी आन्दोलनलाई उनै प्रसाईंले हिंसात्मक बनाएको नेपाल प्रहरीको निष्कर्ष छ । सुरक्षामा खटिएका प्रहरीलाई नै गाडीले पेलेर अश्लिल शब्द बोल्दै अघि बढेका उनी सोही दिन बेलुकादेखि फरार भएका थिए । प्रहरीले विभिन्न नाकामा टोली परिचालन गरेर खोजी गरिरहेका बेला उनी आफ्ना सहयोगीसहित भक्तपुर, सिन्धुली हुँदै विर्तामोडस्थित विएण्डसी मेडिकल कलेजमा पुगेको खुलेको थियो । त्यहाँबाट भागेर उनी भारत छिरेका थिए । प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो । भारतको आसाम राज्यमा बिहीबार पक्राउ परेका प्रसाईंलाई शुक्रबार काठमाडौं ल्याइएको हो ।
उनीमाथि ज्यान मार्ने उद्योग, चोरी तथा डकैती, निजी सम्पत्तिको तोडफोड तथा आगजनी, वर्जनिक सम्पत्तिको हानीनोक्सानी, ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण र संगठित अपराध लगिायतका अभियोग लगाउने प्रहरीको तयारी छ ।































प्रतिक्रिया