सिपमुखी शिक्षा नीतिका कारण युके नेपाली विद्यार्थीको पहिलो रोजाई पर्ने गरेकाे छ -प्रकाश पाण्डे

सिपमुखी शिक्षा नीतिका कारण युके नेपाली विद्यार्थीको पहिलो रोजाई पर्ने गरेकाे छ -प्रकाश पाण्डे

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले बेलायतमा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या अत्यधिक रहेको बताएका छन्।

इक्यानद्वारा आयोजित ‘एडुक्लेभ ३.०’ कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष पाण्डेले विदेशी विद्यार्थीका लागि बेलायत सरकारले लिएको खुकुलो नीति र त्यहाँको गुणस्तरीय शिक्षाका कारण बेलायती विश्वविद्यालयहरू नेपाली विद्यार्थीको आकर्षणको केन्द्र बनेको बताएका हुन् ।

पछिल्लो तथ्याङ्क अनुसार २३ हजारभन्दा बढी नेपाली विद्यार्थी बेलायतका प्रतिष्ठित कलेजहरूमा अध्ययन गरिरहेको जानकारी दिँदै उनले भने, “नेपाली विद्यार्थी मात्र नभई विश्वका विभिन्न देशका विद्यार्थी पनि युकेमा उच्च शिक्षा हासिल गर्न जाने गरेका छन्। युकेको शिक्षा विद्यार्थीको जीवन परिवर्तन गर्ने शिक्षाको रूपमा स्थापित भएको छ।”

उनले स्रोतसाधनका दृष्टिकोणले नेपाल बेलायतका लागि छैटौं ठूलो देशको रूपमा रहेको दाबी गरे।

नेपालमा पनि बेलायती पाठ्यक्रम अध्यापन भइरहेको जानकारी गराउँदै निवर्तमान अध्यक्ष पाण्डेले बेलायती विश्वविद्यालयबाट सम्बन्धन प्राप्त २२ वटा शैक्षिक संस्थाहरू सञ्चालनमा रहेको बताए। ती संस्थाहरूमा हाल १५ हजार विद्यार्थीले बेलायती कोर्ष अध्ययन गरिरहेको पनि उनले जानकारी दिए।

बेलायतको शिक्षाले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक सीप पनि प्रदान गर्ने भएकाले विश्व बजारमा यसको माग उच्च रहेको उनको भनाइ छ। याे नीति नेपालमा पनि लिन आवश्यक रहेकाे उनले बताए ।

Skip This
Skip This
Logo