इन्लाइटनद्वारा आयोजित विशेष सूचना सत्र सम्पन्न, टेक्सास स्टेट युनिभर्सिटीमा विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था

इन्लाइटनद्वारा आयोजित विशेष सूचना सत्र सम्पन्न, टेक्सास स्टेट युनिभर्सिटीमा विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । शैक्षिक परामर्श संस्था इन्लाइटन इन्टरनेसनल एजुकेशनले अमेरिकामा उच्च शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आयाेजना गरेकाे एक विशेष सूचना सत्र सफलतापूर्वक सम्पन्न गरेको छ।

बागबजारस्थित इन्लाइटनको केन्द्रीय कार्यालयमा आयोजित उक्त कार्यक्रमको मुख्य उद्देश्य अमेरिकामा अध्ययनका अवसरहरू र विशेषगरी टेक्सास स्टेट युनिभर्सिटीमा उपलब्ध सुविधाहरू बारे विस्तृत जानकारी प्रदान गर्नु थियो।

कार्यक्रममा आईईएलटीएस अध्ययन गरिरहेका र उच्च शिक्षाका लागि अमेरिका जान चाहने सयभन्दा बढी विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरूले अमेरिकाका विभिन्न कलेजहरूमा पढाइ हुने कोर्षहरू, अध्ययनका अवसरहरू, छात्रवृत्तिको व्यवस्था र सेवा सुविधाहरूका बारेमा विस्तृत जानकारी प्राप्त गरेकाे इन्लाइटनकी एक्जुकेटिभ डाइरेक्टर सिता भट्टराईले जानकारी दिइन् ।

उनले पछिल्लो समय अमेरिकाको भिसा प्रक्रिया र पार्ट टाइम काम गर्न नपाइने जस्ता भ्रमहरू फैलाइएकोमा चिन्ता व्यक्त गरिन्। त्यसमा सत्यता नरहेकाे पनि प्रष्ट पारिन् ।

उनले भनिन्, “अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै नेपालीलाई देश फिर्ता पठाउँदै छन् भन्ने कुरा सरासर गलत हो। विशेषगरी अध्ययनका लागि जाने विद्यार्थीहरूलाई कुनै समस्या छैन। रोक लगाइएको भनेको अवैध तरिकाले अमेरिका प्रवेश गर्नेहरूलाई मात्र हो। त्यसैले शिक्षा आर्जन गर्न अमेरिका गएपछि भविष्यको चिन्ता नगरी ढुक्क भएर अध्ययन गर्न सकिन्छ।”

उनले थप जानकारीका लागि इच्छुक विद्यार्थीहरूलाई इन्लाइटनमा सम्पर्क गर्न आग्रह पनि गरिन्।

टेक्सास स्टेट युनिभर्सिटीकी आधिकारिक भर्ना साझेदार देवयानी खरेले इन्लाइटनसँगको सहकार्य १६ वर्षदेखि निरन्तर रहेको बताउँदै इन्लाइटन विद्यार्थीहरूका लागि एक विश्वसनीय परामर्शदाताको रूपमा स्थापित भएको विचार व्यक्त गरिन्। उनले भनिन्, “टेक्सास स्टेट युनिभर्सिटीमा धेरै नेपाली विद्यार्थीहरूले छात्रवृत्तिमा अध्ययन गरिरहेका छन्। विशेषगरी स्नातक तहमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि विश्वविद्यालयले छात्रवृत्तिको व्यवस्था गरेको छ।”

बिहान साढे १० बजेदेखि दिउँसो साढे १२ बजेसम्म चलेको उक्त सूचना सत्रमा विद्यार्थीहरूले टेक्सास स्टेट युनिभर्सिटीमा उपलब्ध शैक्षिक कार्यक्रमहरू र छात्रवृत्ति अवसरहरूको बारेमा विस्तृत जानकारी प्राप्त गरेका थिए। यसका साथै आवेदन प्रक्रिया, भिसा प्रक्रिया र स्नातक पछिको करियर सम्भावनाहरूबारे पनि परामर्श प्रदान गरिएको थियो।

टेक्सास स्टेट युनिभर्सिटी अमेरिकामा उच्च शिक्षाका लागि एक उत्कृष्ट शैक्षिक गन्तव्य मानिन्छ। यस सत्रमा देवयानी खरेले विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा मार्गदर्शन गरेकी थिइन्।

साढे एक दशकदेखि विदेश पढ्न जाने विद्यार्थीहरुलाई पढाउँदै र पठाउँदै आएको इन्लाइटन विद्यार्थी र अभिभावकबीच निकै लोकप्रिय छ । यहाँबाट सहज तरिकाले भिसा अप्लाई गर्न सकिने, आवश्यक परामर्श दिने जस्ता सहजीकरण गर्ने भएकाले शैक्षिक परामर्श संस्थामा आफ्नो अलग्गै छवि बनाउन सफल छ ।

Logo