नयाँ वर्षमा बससेवाबाट टिकट काट्दा ८२ फ्रि-टिकटदेखि बम्परमा ८२ हजार नगद जित्न सकिने

नयाँ वर्षमा बससेवाबाट टिकट काट्दा ८२ फ्रि-टिकटदेखि बम्परमा ८२ हजार नगद जित्न सकिने

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नयाँ वर्ष २०८२ सालको अवसरमा सार्वजनिक बसको अनलाइन टिकेटिङ प्लेटफर्म बससेवाले आकर्षक अफर ल्याएको छ ।

यस अफरमा बससेवामार्फत बसको टिकट काट्ने यात्रुहरू सहभागी हुन सक्नेछन् । अफरको बम्पर उपहारस्वरूप एक जना भाग्यशाली विजेताले ८२ हजार रुपैयाँ नगद उपहार पाउनेछन् ।

यसैगरी ४ जना विजेताले ८ हजार २०० रुपैयाँ नगद जित्न सक्ने बससेवाले जनाएको छ । यस्तै अफर अवधिभरमा टिकट काट्नेमध्ये ८२ जनाले निःशुल्क टिकट प्राप्त गर्नेछन् भने हरेक टिकट बुकिङमा ५०० रुपैयाँसम्मको क्यासब्याक अफर राखिएको कम्पनीले जनाएको छ ।

अर्थात, हरेक टिकट काट्दा अधिकतम ५०० रुपैयाँसम्म नगद तत्कालै यात्रुको वालेटमा फिर्ता आउनेछ । नगद उपहार र निःशुल्क टिकट योजनामा एउटा एकाउन्टबाट काटिएको एउटा टिकट मात्र समावेश हुनेछ । यस अफरमा सहभागी हुन बससेवाको मोबाइल एप अथवा वेबसाइटमार्फत टिकट काट्नुपर्ने छ ।

Skip This
Skip This
Logo