सन्तोष सुनारको नयाँ गीत ‘मै मोरी लाई’ सार्वजनिक [भिडियोसहित]

सन्तोष सुनारको नयाँ गीत ‘मै मोरी लाई’ सार्वजनिक [भिडियोसहित]

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । सन्तोष सुनारको शब्द रचना तथा स्वर रहेको नयाँ युगल गीत ‘मै मोरी लाई’ आधिकारिक रूपमा सार्वजनिक भएको छ। गीतमा सन्तोषलाई रेश्मा पुनको मधुर आवाजले साथ दिएको छ ।

संगीतप्रेमीहरूको मन जित्ने आशा गरिएको यस नयाँ युगल गीतमा
संगीत संयोजन संगीत निर्माता याकुब तामाङले कुशलतापूर्वक गरेका छन् । अडियोलाई अन्तिम रूप दिने काम रेशम गदालले गरेका छन्, जसले ट्र्याकको मिक्सिङ र मास्टरिङ सम्हालेका छन्।

दिनेश बस्नेतको कुशल निर्देशनमा तयार भएको म्युजिक भिडियोमा चेतन चन्द र इच्छा अधिकारीको अनस्क्रिन केमेस्ट्री देखाइएको छ, जसले कथालाई जीवन्त बनाएको छ।

सुबिन चौहानको मनमोहक कोरियोग्राफी र दिनेश पराजुलीको कुशल छायांकनमा खिचिएका मनमोहक दृश्यहरूलाई अझ आकर्षक बनाउन विकास दाहालले सम्पादन गरेका छन् । आईएम इन्टरटेनमेन्ट युट्युव च्यानलबाट सार्वजनिक गरिएको यो गीतको भिडियोलाई दर्शकहरूलाई आकर्षित गर्ने गायक सुनारले विश्वास लिएका छन् ।

Skip This
Skip This
Logo