काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले कुनै राजनीतिक घटनाक्रमले पनि सरकार परिवर्तनको सम्भावना नरहेको दाबी गरेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार ढल्ने अभिव्यक्ति दिइरहेका बेला सोमबार एमाले सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले यो अफवाह मात्र भएको टिप्पणी गरेका हुन् ।
‘एमाले र कांग्रेसबीच खेल्न सकिन्छ की भन्ने प्रचण्डको प्रयास हो । तर यतिखेर जनताले पनि सरकार परिवर्तनको कुरालाई मन पराउँदैनन् । कुनै राजनीतिक घटनाक्रमले पनि सरकार परिवर्तनको सम्भावना देखाउँदैन ।’ उनले भने ।





























प्रतिक्रिया