कार्तिक ३० गते शुक्रबार अर्थात यो महिनाको अन्तिम दिन सिनेमा हलमा ३ नेपाली चलचित्रहरु प्रर्दशनमा आएका छन् । नेपाली चलचित्र ‘गुनगुन’, ‘अनुग्रह’ र ‘दैलो’  चलचित्र प्रर्दशनमा आएका हुन् । "/>

फ्राइडे फिल्म: तीन चलचित्रको भिडन्त

फ्राइडे फिल्म: तीन चलचित्रको भिडन्त

केन्द्रबिन्दु
0
Shares

कार्तिक ३० गते शुक्रबार अर्थात यो महिनाको अन्तिम दिन सिनेमा हलमा ३ नेपाली चलचित्रहरु प्रर्दशनमा आएका छन् । नेपाली चलचित्र ‘गुनगुन’, ‘अनुग्रह’ र ‘दैलो’  चलचित्र प्रर्दशनमा आएका हुन् ।

गुनगुन

पुकार भट्टराईले निर्देशन गरेको चलचित्र ‘गुनगुन’ मा सञ्चिता लुइटेल, रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, सुमेश श्रेष्ठ, भिम मैनाली, गणेश जिसी, अनु भण्डारी, राधा दाहाल, विपिन प्रसाई लगायतका कलाकारहरुले अभिनय गरेका छन् । यस चलचित्रलाई सौरभ लामाले खिचेका हुन् । लभ स्टोरी जनारामा निर्माण गरिएको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।

दैलो

सुरेश उप्रेतीको निर्देशन तथा लेखन रहेको चलचित्र ‘दैलो’ अर्जुन उप्रेती र योसोदा उप्रेतीले संयुक्त निर्माण गरेका हुन् । यस चलचित्रमा सुरेश उप्रेती, दुर्गा साउद, विकाश चापागाई, दीपक डोटेल, मुना प्रसाई लगायतका कलाकारको अभिनय रहेको छ । पैसाले कसरी आफन्तहरु बीच फोटो ल्याउछ भन्ने कुरालाई यो चलचित्रको मुख्य विषय बनाइएको छ । विमल भट्टराईले खिचेको चलचित्रलाई तारा थापा ‘किम्भ’ को सम्पादन रहेको छ ।

अनुग्रह

कुमार केसी निर्देशित चलचित्र ‘अनुग्रह’ लाई सन्तोष खवासले निर्माण गरेका हुन् । पारिवारिक कथामा निर्माण भएको चलचित्र अनुग्रह’ मा सुभाष मेचे, रोहण सेन्चुरी, अर्ती गुप्ता, सञ्जय न्यौपाने, राजगिरी, क्रिस्टिना राई, दीपशिखा सिलवाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । विक्रम डिसीले खिचेको यस चलचित्रमा तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ ।

Skip This
Skip This
Logo