लज्जास्पद हारसँगै रियल च्याम्पियन्स लिगबाट बाहिरियो, आर्सनल १६ वर्षपछि सेमिफाइनलमा

लज्जास्पद हारसँगै रियल च्याम्पियन्स लिगबाट बाहिरियो, आर्सनल १६ वर्षपछि सेमिफाइनलमा

केन्द्रबिन्दु
183
Shares

काठमाडौं । साविक विजेता समेत रहेको स्पेनिस क्लब रियल म्याड्रिड यूईएफए च्याम्पियन्स लिगको क्वार्टफाइनलबाटै बाहिरिएको छ । गएराति आफ्नै मैदानमा भएको दोस्रो लेगमा पनि इंग्लिस क्लब आर्सनलसँग २–१ ले पराजित हुँदै समग्रमा ५-१ को नतिजासहित रियल बाहिरिएको हो ।

यता आर्सनलले भने १६ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको छ । आर्सनलले यसअघि सन् २००८–०९ को सिजन च्याम्पियन्स लिगमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

गएराति आर्सनललाई जित दिलाउन बुकायो साका र ग्याब्रियल मार्टिनेलीले एकएक गोल गरे । घरेलु टिमका भिनिसियस जुनियरले एक गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन भने सकेनन् । यसअघि पहिलो लेगमा आर्सनल ३–० ले विजयी भएको थियो ।

Skip This
Skip This
Logo