श्रीलंकामा केही दिनदेखि जारी संघर्ष संसद भवनभित्र प्रवेश भएको छ। बिहीबार दिउँसो बसेको संसद बैठकमा पक्ष र विपक्षका सांसदहरुबीच कुटपिट भएको हो। बुधबार संसदले महेन्द्र राजपक्ष सरकारविरुद्ध अविश्वास प्रस्ताव पारित गरेको थियो। आजको संसद बैठकमा सभामुख करु जयसूर्याले देशमा सरकार नभएको बताएका थिए।
त्यसपछि आज बसेको बैठकमा राजपक्षले आफूलाई ध्वनीमतबाट हटाउने अधिकारी सभामुखसँग नभएको बताएका थिए। उनले ध्वनीमतका आधारमा फैसला गर्न नहुने भन्दै मतदान हुनुपर्ने माग गरेका थिए। राजपक्ष सांसदहरुले पुनः मतदान हुनुपर्ने माग गरेपछि झपड भएको थियो।

राजपक्षका समर्थकहरुले नारा लगाउँदै सभामुखतर्फ होहल्ला गर्दै अघि बढेका थिए। प्रशारित भिडियोमा केही सांसद भुँइका ढलेका देखिन्छ। सांसदहले पानीका बोतल, किताब र फोहोरको बट्टाले सभामुखमाथि प्रहार गरेका पनि देखिन्छ ।
घटनापछि संसद बैठक स्थगित गरिएको छ । राष्ट्रपति सिरिसेनाले अक्टोबर २६ मा विक्रमासिंघलाई अपदस्थ गरि राजपक्षलाई प्रधानमन्त्री बनाएका थिए। संसदमा कूल २२५ सदस्य छन् ।

भिडियो































प्रतिक्रिया