काठमाडौं । वैदेशिक अध्ययन परामर्श सेवामा विगत १२ वर्षदेखि क्रियाशील सक्सेस एब्रोड स्टडी जापानमा उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीहरूको लागि एक विश्वसनीय नाम बनेको छ।
सक्सेस एब्रोड स्टडीले सबैभन्दा धेरै विद्यार्थीको रोजाइमा पर्ने देश जापानलगायत अमेरिका, क्यानडा, बेलायत, दक्षिण कोरियालगायत देशहरुमा पनि उच्च शिक्षा अध्ययनका लागि पठाउने गरेको छ । यीमध्ये हालैका वर्षहरूमा, जापान नेपाली विद्यार्थीहरूको वैदेशिक अध्ययनको लागि अत्यधिक रुचाइएको गन्तव्यको रूपमा उदाएको छ । यसलाई मध्यनजर गर्दै अघि बढेकाे सक्सेस जापानमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूका लागि एक अग्रणी परामर्श संस्थाको रूपमा स्थापित भएको हाे ।
विद्यार्थीहरूलाई अध्ययनसँगै खर्च जुटाउन सक्ने वातावरण भएका देशहरूलाई प्राथमिकतामा राख्दै सक्सेसले उच्च शिक्षाको लागि विदेश जान चाहनेहरूलाई सहज मार्ग प्रदान गर्दै आएको छ।
सक्सेसकाे कार्यालय जापानमा पनि रहेको छ, जसले त्यहाँ पुगेका विद्यार्थीहरूलाई आवश्यक सहयोग प्रदान गर्दछ ।
वैदेशिक अध्ययनमा जानका लागि प्रभावकारी आवश्यक तयारी कक्षाहरु आईईएलटीएस, जापानी भाषाको जेएलसीटी, जेएलपीटी, कोरियन भाषाको अनुभवी प्रशिक्षक मार्फत तयारी गराउनमा सक्सेस अग्रपंक्तिमा रहेको कार्यकारी निर्देशक भवनाथ हुमागाईंले बताए।
त्यसैले त सक्सेस हजारौं विद्यार्थी र अभिभावकको विश्वास जित्न सफल भएको छ ।
हाल सक्सेसमा विद्यार्थीहरूको उत्साहजनक सहभागितामा तयारी कक्षाहरू सञ्चालन भइरहेका छन्। यदि तपाईं पनि वैदेशिक अध्ययनको योजना बनाउँदै हुनुहुन्छ भने, थप जानकारीका लागि एक पटक सक्सेस एब्रोड स्टडीको कार्यालयमा भ्रमण गर्न नभुल्नुहोला।
सक्सेसले वैदेशिक अध्ययनमा जान इच्छुक विद्यार्थीहरूको आर्थिक र शैक्षिक अवस्थाको मूल्याङ्कन गरेपछि मात्र परामर्श प्रदान गर्दछ।
काठमाडौंको बागबजारमा मुख्य कार्यालय रहेको सक्सेसको शाखा कार्यालय बनेपा, इटहरीमा रहेको छ । यसबाहेक, कम्पनीको कार्यालय जापानमा पनि रहेको छ, जसले त्यहाँ पुगेका विद्यार्थीहरूलाई आवश्यक सहयोग प्रदान गर्दछ ।
विद्यार्थीको बढ्दो माग भएकाले सक्सेसले आगामी दिनमा अन्य जिल्लामा पनि सहायक कार्यालय स्थापना गर्ने योजना बनाएको छ । त्यसको लागि संरचनागत तयारीमा सक्सेस लागेको छ र यथाशिघ्र ती शहरहरुमा विद्यार्थीहरुले सहज रुपमा सेवा लिन सक्नेछन्।
यदि तपाईं सक्सेसमा शैक्षिक परामर्शका लागि जानुभयाे भने, विगत लामो समयदेखि विद्यार्थीहरुलाई परामर्श दिँदै आएका सक्सेस एब्रोड स्टडीका कार्यकारी निर्देशक हुमागाईंलगायतबाट शैक्षिक परामर्श लिने मौका पनि पाउनु हुनेछ। त्यसैगरी सक्सेसले प्रदान गर्दै आएको सेवा सुविधाको बारेमा सामाजिक सञ्जालहरुमा उपलब्ध रहेका छन्। त्यहाँबाट पनि जानकारी लिन सकिन्छ।
शैक्षिक परामर्शको क्षेत्रमा सक्सेस एक प्रतिष्ठित संस्था हो र शैक्षिक परामर्श संघको एक सदस्य पनि हो। विद्यार्थीहरूले यस संस्थालाई ढुक्क भएर विश्वास गर्न सक्छन् र यहाँबाट उचित मार्गदर्शन प्राप्त गर्न सक्छन् भन्ने कुरा स्थापित भइसकेको छ।
हाल सक्सेसमा विद्यार्थीहरूको उत्साहजनक सहभागितामा तयारी कक्षाहरू सञ्चालन भइरहेका छन्।
विद्यार्थीहरूको हितका लागि सक्सेसमा कार्यरत पदाधिकारीहरू अनवरत रुपमा लागिपरेका छन्। विद्यार्थीलाई उत्कृष्ट शिक्षाका लागि सही विश्वविद्यालय र क्याम्पस छनोटमा सहयोग पुर्याउन सक्सेसका पदाधिकारीहरु स्वयम् विभिन्न देशमा गई नेपाली विद्यार्थीमैत्री वातावरण निर्माण गर्ने, सूचना आदान प्रदान गर्ने, विद्यार्थीलाई अध्ययनका लागि आवश्यक विषयमा सहयोग गर्ने गर्दछन्।
सक्सेसले वैदेशिक अध्ययनमा जान इच्छुक विद्यार्थीहरूको आर्थिक र शैक्षिक अवस्थाको मूल्याङ्कन गरेपछि मात्र परामर्श प्रदान गर्दछ। कतिपय अवस्थामा आवश्यक वित्तीय कागजातहरू नपुग्दा भिसा प्रक्रिया लामो समयसम्म रोकिन सक्छ र विद्यार्थी तथा अभिभावकहरूले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने हुन्छ । सक्सेसले विद्यार्थीहरूलाई यी समस्याहरूबाट बचाउन आवेदन गर्नुअघि नै उचित सल्लाह दिन्छ । यही कारणले गर्दा सक्सेसले हजारौं विद्यार्थीहरूको विश्वास जित्न सफल भएको छ।





























प्रतिक्रिया