विश्वकपमा छनोट हुन आज नेपाल र अफगानिस्तान भिड्दै, वर्षा बाधक बन्ने खतरा !

विश्वकपमा छनोट हुन आज नेपाल र अफगानिस्तान भिड्दै, वर्षा बाधक बन्ने खतरा !

केन्द्रबिन्दु
78
Shares

काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया छनोटको निर्णायक खेलमा आज नेपाल र अफगानिस्तान भिड्दैछन् ।

खेल बिहान साढे ९ बजेदेखि तल्लो मुलपानी क्रिकेट मैदानमा हुने तय छ । नेटरनरेटका कारण अफगानिस्तान भन्दा पछि रहेको नेपाललाई आज जित्नै पर्ने दबाब । यस खेल जित्ने टोली आगामी वर्ष जिम्बाबे र नामिबियामा हुने आईसीसी यू-१९ क्रिकेट विश्वकपमा छनोट हुनेछन् । यसअघिका तीन खेलमा दुवै टोली अपराजित छन् ।

तर, आज बिहानैदेखि काठमाडौं उपत्यकामा भएको वर्षाले खेल विथोल्ने जोखिम छ । आजको खेल वर्षाले रद्द भए रनरेटका आधारमा अफगानिस्तान विश्वकपमा छनोट हुनेछ ।

छनोट प्रतियोगिताअघि नेपाल र अफगानिस्तानबीच ३ खेलको एकदिवसीय सिरिज भएको थियो । उक्त सिरिजको दुई खेलमा अफगानिस्तान र एक खेलमा नेपाल विजयी भएका थिए । हालसम्म नेपालले अफगानिस्तानसँग १९ खेल खेलेको छ जहाँ ७ खेल मात्र नेपालले आफ्नो पक्षमा पार्न सकेको छ ।

Logo