रौतहट । रौतहटको छुट्टाछुटै स्थानमा गएराती भएको आगलागीमा करिब दुई करोड मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । बैधिमाइ नगरपालिका ५ कोपुवामा भएको आगोलागीमा एक करोड ७६ लाख बराबरको क्षती पुगेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार स्थानीय धमेन्द्र जयसवालको तीन तल्लाको पक्की घरमा आगोलागी भएको हो । घरको अन्डर ग्राउण्ड गोदाममा विधुतको तार सर्ट भई आगलागी भएको रौतहट प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए ।
उनका अनुसार अन्डर ग्राउण्ड गोदाममा रहेका कपडा र चप्पल लगायत गरी एक करोडको क्षति पुगेको छ । एक थान मोटरसाइकल र घरको अन्डर ग्राउण्ड गरी ७६ लाखको क्षती पुगेको उनले बताए । आगो सुरक्षाकर्मी, स्थानियवासी र गौर तथा बैधिमाइ नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरी निरीक्षक उमाशंकर बताए ।
यसैगरी गौर नगरपालिका वाड न ४ कबिर चोकमा रहेको कृष्णन्नद पटेलको कच्चि घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
घर, वर्कसप र नस्ता पसल गरी २१ लाख बराबरको क्षति भएको छ । दुवै आगलागीका घटनामा मानवीय र पशु चौपायमा क्षति नभएको र घटनाका बारेमा आवश्यक अनुसन्धान भैरहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।































प्रतिक्रिया