देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ। "/>

प्रचण्डको ‘वाटर थेरापी’ देखि मन्त्रीको शपथ ग्रहणसम्म

प्रचण्डको ‘वाटर थेरापी’ देखि मन्त्रीको शपथ ग्रहणसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ। यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

 

नवनियुक्त मन्त्री सुवेदीद्वारा सपथग्रहण

 

सुदूरपश्चिम प्रदेशको नवनियुक्त सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सपथग्रहण गरेका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई प्रदेशप्रमुखको कार्यालयमा सपथ गराएका हुन् । सुबेदी तत्कालीन एमालेका कैलाली जिल्ला सचिवालय सदस्य हुन्।

 

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री बर्खास्त

 

समृद्धि र विकास माग्दै विराटनगरका मेयरले लिए कठोर ब्रत

विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले समृद्धि र विकासका लागि भन्दै कठोर ब्रत बसेका छन् । छठ पर्वका अबसरमा मेयर पराजुलीले छैठ माताको कठोर ब्रत लिएका हुन्।  समुन्नत विराटनगर बनाउने परिकल्पना सहित पराजुलीले दण्ड प्रणाम ब्रत लिएका हुन्  । मेयर भएपछि दोस्रो पटक दण्ड प्रणाम गर्दै खोलासम्म पुगेर छैठ माताको ब्रत लिन पुगेका पराजुलीले यो पटक आफ्नो लागि नभएर विराटनगरको समृद्धि र विकासको लागि ब्रत बसेको प्रतिक्रिया दिएका छन् । पराजुलीको यो दण्ड प्रणाम करिव ३ किलो मिटरको दुरी रहने छ ।

 

‘कमल थापाले ‘तातै खाउँ जल्दै मरौँ ‘ गर्न खोजे’- पशुपति शमशेर राणा

राप्रपा प्रजातान्त्रिक, राप्रपा र एकीकृत राप्रपा राष्ट्रवादीबीच हुने भनिएको एकता अन्तिम समयमा आएर अनिश्चित बनेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले कमल थापाकै कारण पार्टी एकता प्रक्रिया भाँडिएको बताएका छन् । राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै राणाले थापाले ‘तातै खाउँ जल्दै मरौँ गर्न खोज्दा एकता प्रक्रिया रोकिएको बताएका हुन्। उनले पार्टीको नाम, झण्डा र चिह्न टुँगो नलागी एकता हुन नसक्ने समेत बताए। 

 

एल्जिना काण्ड: शंकास्पद ५ जना पक्राउ

दयपुरको रौतामाई गाउँपालिका ३ लाफागाउँकी १२ वर्षीया एल्जिना खड्काको हत्या आरोपमा प्रहरीले ५ जना स्थानीयलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अर्जुन रानाभाटको नेतृत्वमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। 

 

नेकपाका अध्यक्ष दाहाल किन धाउँदैछन् मन्दिर ?

 

राखेपमा रिक्त तीन सदस्य नियुक्त

सरकारले राष्ट्रिय खेलकूद परिषद् राखेपमा रिक्त तीनजना सञ्चालक समिति सदस्य नियुक्त गरेको छ । गत आइतबारको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा परिषद्का पूर्वउपाध्यक्ष पीताम्बर तिमल्सिना, राजेश गुरुङ र पूर्वराष्ट्रिय भलिबल खेलाडी इन्दिरा निरौलालाई नियुक्त गरेको हो ।

 

ओलम्पिक: नेपाल दोस्रो चरणमा प्रवेश

म्यानमारमा जारी टोकियो ओलम्पिकको एएफसीको प्रारम्भिक छनोट प्रतियोगितामा नेपाली महिला फुटबल टिम दोस्रो चरणमा पुगेको छ ।

रोकिएन टिप्पर आतंक, फेरि एक जनाको लियो ज्यान

 

करिश्माको काखमा माग्ने बुढा मख्ख (हेर्नुहोस् भिडियो)

 

डढेलोबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो

 

रेस्लरसँग च्यालेन्ज गर्दा राखी सावन्त घाइते, अस्पताल भर्ना

 

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo