नागरिक लगानी कोषबाट अवकाश कोषमा सहभागीलाई एक अर्ब ५२ करोडको थप प्रतिफल वितरण

नागरिक लगानी कोषबाट अवकाश कोषमा सहभागीलाई एक अर्ब ५२ करोडको थप प्रतिफल वितरण

केन्द्रबिन्दु
81
Shares

काठमाडौं । नागरिक लगानी कोषले आफ्नो बचत वृद्धि अवकाश कोष कार्यक्रमअन्तर्गत रहेका सहभागीहरूलाई एक अर्ब ५२ करोड रुपैयाँ बराबरको थप प्रतिफल प्रदान गरेको छ ।

कोष सञ्चालक समितिको निर्णयअनुसार २०८१ साल असार मसान्तमा कोष मौज्दात रहेका सहभागीहरूको खातामा २०८० चैत मसान्तसम्म सञ्चित रकमको आधारमा एक प्रतिशतका दरले उक्त प्रतिफल वितरण गरिएको हो। थप प्रतिफलस्वरूप सहभागीहरूको खातामा उक्त रकम जम्मा भइसकेको कोषले जनाएको छ। नियमित प्रतिफल बाहेक कोषले समयसमयमा थप प्रतिफल प्रदान गर्दै आएको छ।

कोषले आर्थिक अनुशासन, लगानीको विविधिकरण र दीर्घकालीन लाभ सुनिश्चित गर्ने रणनीतिअन्तर्गत सहभागीहरूलाई प्रत्यक्ष लाभ दिने खालका कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।

Skip This
Skip This
Logo