काठमाडौं
१३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा ५ जना युवा पक्राउ परेका छन् । उदयपुरको रौतामाई गाउँपालिका वडा नंं ३ की १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सोमबार पाँच युवालाई पक्राउ गरिएको हो ।
रौतामाई गाउँपालिका ३ लाफागाउँकी १३ वर्षीया एल्जिना खड्काको शव मृत अबस्थामा फेला परेको थियो । स्थानीय दुर्गाबहादुर खड्काकी छोरी एल्जिना लाफागाउँको अमला जंगलमा मृत फेला परेकी हुन् । शनिबार बाख्रा चराउन गएकी एल्जिनाको मुखमा नेपकिन खाँदेको अबस्थामा शव फेला परेको थियो ।
राती सम्म पनि घर नफर्केपछि स्थानीयले उनको खोजी गरेका थिए । खोज्दै जाँदा मृत अबस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उदयपुरका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले स्थानीयको भनाइलार्इ उदृद गर्दै बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटको नेतृत्वमा खटिएको टोलीले शंका लागेका ५ जनालाई पक्राउ गरेको उदयपुरका प्रहरी प्रमुख –एसपी चन्द्रदेव राईले बताए । ‘शंका लागेका पाँच युवा र तालिम प्राप्त कुकुर सहित शव लिएर टोली फर्केको छ’ । राईले भने, ‘शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको छ’ । एसपी राईका अनुसार पक्राउ परेका मानिसको नाम गोप्य राखेर अनुसन्धान भैरहेको छ ।





























प्रतिक्रिया