सुधिर बस्नेतलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

सुधिर बस्नेतलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सर्वोच्च अदालतले बैंकिङ कसुरको अभियोग लागेका व्यवसायी सुधीर बस्नेतलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले बिहीबार बैंकिङ कसूरको आरोप लागेका व्यवसायी बस्नेतलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो । बैंकबाट ऋण लिँदा कर्जा सुरक्षणबापत राखेको धितो बैंकले लिलाम गरे पनि त्यसविरुद्ध उक्त मुद्धा ऋण असुली न्यायाधीकरणमा विचाराधीन रहेकाले पक्राउ नगर्न अन्तरिम आदेश जारी गरिएको छ ।

साथै सर्वोच्चको आदेशमा २०६९ सासमा ठगी र बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएर बस्नेतले सजायसमेत भुक्तान गरेकाले एउटै मुद्दामा बारम्बार कारवाही गर्न नमिल्ने भनिएको छ । अदालतले ऋण असुली न्यायाधीशकरणको मुद्दा अन्तिम किनारा नलागेसम्म बस्नेतलाई पक्राउ नगर्न आदेश गरेको हो।

Skip This
Skip This
Logo