दैनिक सरकार परिवर्तनको हल्ला चलाएर अस्थिरता फैलाउन खोजियो -कांग्रेस

दैनिक सरकार परिवर्तनको हल्ला चलाएर अस्थिरता फैलाउन खोजियो -कांग्रेस

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले दैनिक सरकारको परिवर्तन हल्ला चलाएर अस्थिरता फैलाउन खोजेको आरोप लगाएका छन् ।

सङ्घीय संसद्को बजेट अधिवेशन अन्तर्गत आजबाट सुरु भएको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक घिमिरेले यस्तो बताएका हुन् । उनले भने, ‘दैनिक सरकार परिवर्तनको हल्ला चलाई मुलुकमा अस्थिरता सिर्जना गर्ने प्रयत्न हुँदैछ ।’

साथै विभिन्न कोणबाट वाद वादीका नाममा अशान्ति मच्चाएर धमिलो पानीमा माछा मार्ने काम भइरहेको पनि उनले बताए ।

यद्यपी उनले सरकारले कार्यशैली परिवर्तन गर्न भने आवश्यक रहेको औंल्याए । ‘सरकारले नौ महिनामा उत्पातै गरेको भने छैन । यद्यपी यो सरकारले मुलुकलाई बद्नाम गराउने र आर्थिक विकासलाई अधोगतितिर धकेल्ने काम गरेको छैन । सरकारले कार्यशैली परिवर्तन गर्न भने आवश्यक छ ।’ उनले भने ।

Skip This
Skip This
Logo