सरकारले मुलुकलाई बदनाम गराउने काम गरेको छैन -सांसद घिमिरे

सरकारले मुलुकलाई बदनाम गराउने काम गरेको छैन -सांसद घिमिरे

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसद श्याम कुमार घिमिरेले सरकारले ९ महिनामा गज्जब गर्‍यो भन्ने ठाउँ नरहेपनि मुलुकलाई बदनाम गर्ने काम नगरेको बताएका छन् ।

संघीय संसद्को छैठौं अधिवेशनको प्रारम्भमा प्रतिनिधि सभामा दलको तर्फबाट बोल्दै कांग्रेसका प्रमुख सचेतक घिमिरेले सो कुरा बताएका छन् । उनले भने, ‘वर्तमान सरकारका कुनै कमी कमजोरी छैन् भन्ने छैन् । सरकारले ९ महिनामै उल्कै गजबै गर्‍यो भन्ने ठाउँ नभएपनि मुलुकलाई बद्नाम र आर्थिक विकासलाई अधोगतिमा लाने काम यो सरकारले गरेको देखिँदैन ।’

सुशासनको विषयमा सरकारले आक्रामक ढङ्गमा गति बढाउनै पर्नेमा उनले जोड दिए ।

नेपाली जनताले नेपाली कांग्रेस र नेकपा एमाले जस्ता ठुला पार्टीको बलियो र शक्तिशाली सरकार हो भन्ने व्यवहारमा महसुस गर्न पाउनु पर्ने उनले बताए ।

Logo