काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत १५ मा भएको भाटभटेनी लुटपाटमा नेपाली कांग्रेस सहमहामन्त्रीका छोरा संलग्न रहेको दाबी गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले लुटपाटमा कांग्रेस सहमहामन्त्रीकै छोरा रहेको रेकर्ड आफूहरूसँग सुरक्षित रहेको तर, पक्राउ पर्नेवितिक्कै तुरुन्तै छाडिएको बताएका हुन् ।
उनले भने, ‘हामीसँग त रेकर्ड छ, गृहमन्त्रीज्यू, भाटभटेनीको लुटपाटमा तपाईंकै पार्टीको सहमहामन्त्रीको छोरा परेको थियो । किन छोड्नुभयो तुरुन्त ?’ उनले सहमहामन्त्रीको छोराले रक्सी लगेको र ऊसँगै गएको साथीले रक्सी नखाने भनेर कपडा लिएर गएको उनको आरोप छ ।































प्रतिक्रिया