महिला हिंसा अन्त्यका लागि साइकल र्‍याली

महिला हिंसा अन्त्यका लागि साइकल र्‍याली

केन्द्रबिन्दु
0
Shares

‘महिला विरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस’ अन्तर्गत १६ दिने अभियानका क्रममा गर्ल्स किक र ग्लोबल एक्सन नेपालको आयोजनामा किशोर किशोरकीका लागि साइकल र्‍याली र आत्मरक्षासम्बन्धी अभिमुखीकरण सञ्चालन गरिएको छ ।

साइकल यात्रा भृकुटीमण्डपबाट शुरु भई शहीदगेट, त्रिपुरेश्वर, कालिमाटी, बल्खु हुँदै टौदहमा पुगेर आत्मरक्षाका सीप र मर्यादित महिनावारीका विषयमा छलफल गरिएको थियो । अनलाइन फारमबाट छानिएका सहभागीमध्ये १० जना साइकल यात्रामा सहभागी थिए भने १४ जना आयोजक समूह र अन्य सङ्घसंस्थाको प्रतिनिधि सहभागी थिए । कार्यक्रममा मर्सीकोर नेपाल, रेस्ट्लेस् डिभेलप्मेट नेपाल, जागृति बाल तथा युवा सरोकार नेपाल र क्यानालान र अन्य सङ्घ संस्थाको साथ रहेको थियो ।

गर्ल्स किकका अध्यक्ष निरज न्यौपानेले किशोर किशोरीलाई सक्षम तथा आत्मविश्वासयुक्त बढाउन, आत्मरक्षा, क्षमता र सीप विकासका लागि उक्त कार्यक्रम आयोजना गरिएको बताए । ग्लोबल एक्सन नेपालको संस्थापक बाबुकाजी क्षेष्ठले छोरीलाई घर व्यवहारमा मात्र सीमित नराखी साइकल चलाउन प्रेरित गरी उनीहरूको शारीरिक तथा मानसिकरुपमा नै अब्बल बनाउन तथा हिंसा न्यूनीकरण गर्न पनि अभियानले सहयोग मिल्ने उनले बताए । उनले यस्तो अभियान प्रदेशगत रुपमा सञ्चालनका लागि दीर्घकालीन योजना बनाइने पनि जनाए ।

Skip This
Skip This
Logo