काठमाडौंभित्र ३९ स्थानका ट्राफिक लाइट बिग्रिए, मर्मतमा कुनै निकायले दिएनन् चासो

काठमाडौंभित्र ३९ स्थानका ट्राफिक लाइट बिग्रिए, मर्मतमा कुनै निकायले दिएनन् चासो

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । काठमाडौंभित्र विभिन्न स्थानमा जडान भएका अधिकांश ट्राफिक लाइट बिग्रिएको अवस्थामा पाइएको छ । अहिलेसम्म ६९ स्थानमा जडान भएका ट्राफिक लाइटमध्ये ३९ वटा बिग्रिएर बेचालु अवस्थामा रहेको बताइएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास थपलियाका अनुसार अहिलेको अवस्थामा जडान भएका लाइटमध्ये ३० स्थानमा मात्र ट्राफिक लाइट सञ्चालनमा छन् । पैदल यात्रुहरूलाई बाटो काट्न सहज बनाउने लाइटको रूपमा हेरिएका यस्ता लाइट नहुँदा दुर्घटना हुने सम्भावना पनि प्रबल छ ।

‘ट्राफिक लाइट जडान र विस्तर स्मार्ट सहरको एउटा कल्पना पनि हो, पैदल यात्रीको सहजता यसै हुने भइगयो । तर, बिग्रेका लाइट महिनौंसम्म पनि बनाइँदैन,’ उनले भने । ट्राफिक नियमअनुसार बत्ती परिवर्तनले सवारी साधनको आवागमन र जाम कम पनि हुनेगर्छ ।

तर, बिग्रिएका बत्तीको मर्मत वा नयाँ लाइटको व्यवस्थामा खासै सम्बन्धित निकायहरूको पनि चासो देखिँदैन । काठमाडौं महानगरपालिका तथा ट्राफिक प्रहरी कार्यालय ट्राफिक जडानको योजना बनाए पनि तीव्र विस्तार गर्नमा भने हम्मेहम्मे परेको देखिन्छ ।

यस्तै, काठमाडौंमा पैदल यात्री क्रसिङ लाइट १३ स्थानमा जडान भएका छन् । जसमध्ये ४ स्थानमा चालु र ९ स्थानमा बेचालु अवस्थामा रहेको थपलियाले जानकारी दिए । बिग्रिएका लाइट मर्मतमा लागि रहेको पनि थपलियाको भनाई छ । यसैगरी ललितपुरमा भने स्मार्ट ट्राफिक लाइटको संख्या जडान र सञ्चालनको संख्या उच्च हुँदै गएको छ ।

Skip This
Skip This
Logo