केएमसी, बागबजारमा रिसर्च आर्टिकल लेखन कार्यशाला सफलतापूर्वक सम्पन्न

केएमसी, बागबजारमा रिसर्च आर्टिकल लेखन कार्यशाला सफलतापूर्वक सम्पन्न

केन्द्रबिन्दु
117
Shares

काठमाडौं । काठमाडौं मोडल कलेज (केएमसी), बागबजारले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) नेपालको सहकार्यमा तीनदिने ‘रिसर्च आर्टिकल लेखन कार्यशाला’ सफलतापूर्वक सम्पन्न गरेको छ।

कार्यशालामा काठमाडौंका १० वटा कलेज तथा विश्वविद्यालयहरूबाट ६० जना प्राध्यापक र अनुसन्धानकर्ताहरूले सहभागिता जनाएका थिए, जसले शैक्षिक आदानप्रदान र अनुसन्धान प्रवर्द्धनका लागि एक जीवन्त प्लेटफर्म निर्माण गरेको थियो।
कार्यशालाको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले गरेका थिए ।

उद्घाटन समारोहमा बोल्दै उनले अनुसन्धान लेखन सीपले शैक्षिक उत्कृष्टता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए । सहभागीहरूमा विभिन्न शैक्षिक संस्थाहरू का अध्यापकहरू तथा एम.फिल. र पीएचडी तहका शोधार्थीहरू समावेश थिए।

कार्यशालामा सह-प्राध्यापक डा. भरतसिंह थापा, सह-प्राध्यापक डा. रेवानकुमार दाहाल, डा. अमिना सिंह, प्राध्यापक डा. सुरेन्द्र महतो, डा. गंगाराम विश्वकर्मा, सह- प्राध्यापक डा. प्रकाश पौडेल, सह- प्राध्यापक डा. दिनेश बस्नेत, प्रा.डा. अर्हान स्थापित र प्रा.डा. महानन्द चालिसेजस्ता प्रतिष्ठित प्रशिक्षकहरूले १२ वटा विषयमा प्रशिक्षण दिएका थिए । प्रशिक्षणले सहभागीहरूलाई गुणस्तरीय अनुसन्धान लेख तयार पार्न आवश्यक व्यावहारिक रणनीतिहरूमा दक्ष बनाएको थियो।

कार्यशालाको उद्घाटन तथा समापन कार्यक्रम केएमसी आन्तरिक गुणस्तर सुनिश्चितता इकाईका प्रमुख ध्रुवप्रसाद तिमल्सेनाले सञ्चालन गरेका थिए । अन्तिम दिन सहभागीहरूले आर्जित सीपहरूको व्यावहारिक प्रयोग प्रस्तुत गरेका थिए र प्रमाणपत्र वितरण कार्यक्रमसमेत सम्पन्न गरिएको थियो।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. महानन्द चालिसेले प्रमाणपत्र वितरण गरेका थिए । उनले निजी शैक्षिक संस्थाहरूमा बढ्दो अनुसन्धान पहलको प्रशंसा गर्दै त्रिभुवन विश्वविद्यालयको निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गरेका थिए ।

कलेज प्रमुख सुरेन्द्र सुवेदीले अनुसन्धान संस्कृतिको प्रवर्द्धनमा केएमसीको दृढ प्रतिबद्धता व्यक्त गरे । काठमाडौं मोडल कलेज अन्तर्गत अनुसन्धान अनुसन्धान समितिका संयोजक प्रा.डा. श्रीधर गौतमले कार्यशालाको सफलताप्रति सन्तोष व्यक्त गर्दै सहभागीहरूलाई बधाई ज्ञापन गरे ।

Skip This
Skip This
Logo