पेरिस

सन् २०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै लाखौँ टिकट बिक्री भइसकेको छ । "/>

महिला विश्वकपको लागि लाखौँ टिकट बिक्री

महिला विश्वकपको लागि लाखौँ टिकट बिक्री

केन्द्रबिन्दु
0
Shares

पेरिस

सन् २०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै लाखौँ टिकट बिक्री भइसकेको छ । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले आयोजना गरेको प्रतियोगिताका लागि गत सेप्टेम्बर देखि टिकट बिक्री सुरु भएकोमा अहिलेसम्म एक लाख ५० हजार भन्दा बढी टिकट बिक्री भइसकेको हो ।

फिफाले बिहीबार दिएको जानकारी अनुसार टिकट किन्ने मध्ये सबैभन्दा धेरै फ्रान्स र बेलायतका रहेका छन् । प्रतियोगिताका लागि दश लाख भन्दा बढी टिकट बिक्री गर्न सकिने फिफाको अनुमान छ । टिकट सम्बन्धी नौ वटा प्याकेज बनाइएको फिफाले जनाएको छ । व्यक्तिगत टिकट भने यही आउँदो डिसेम्बर २३ देखि बिक्री सुरु हुनेछ । प्रतियोगिता आउँदो सन् २०१९ को जुन ७ देखि जुलाई ७ सम्म हुने तय भएको छ ।
एजेन्सी

Logo