सानोपाइला सहकारीः रविलगायत ४१ जनालाई प्रतिवादी बनाउन रायसहित प्रहरीले बुझायो प्रतिवेदन

सानोपाइला सहकारीः रविलगायत ४१ जनालाई प्रतिवादी बनाउन रायसहित प्रहरीले बुझायो प्रतिवेदन

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने मुछिएको पर्साको सानोपाइला बचत सहकारी ठगी प्रकरणमा प्रहरीले अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले रास्वपा लामिछाने र प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित ३० जना व्यक्ति र ११ वटा संस्थालाई प्रतिवादी बनाउन राय दिँदै प्रतिवेदन बुझाएको हो । सानो पाइला सहकारीमा जीबी भन्ने गितेन्द्रबाबु राई, कुमार रम्तेल, हेमन्त अधिकारी, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, अश्रल अली सिद्धीकी, सागर केसी, दीपक लामा, कविता तामाङ, तस्विरन मिया, रविचन्द्र यादव, सुनित श्रेष्ठ र सन्जु नेवालाई पनि प्रतिवादी बनाउन प्रहरीको राय छ।

प्रतिवेदनमा २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय २९ रुपैयाँ बिगो माग दाबी गरिएको छ । त्यसमा कम्पनी र व्यक्तिको उत्तरदायित्वतर्फ १ अर्ब १२ करोड ६५ लाख २६ हजार ३९५ पैसा लिनुपर्ने माग गरिएको छ । यसैगरी स्वर्ण लक्ष्मी बहुउद्देश्य सहकारी संस्थासँग १ अर्ब १५ करोड ९१ लख ४४ हजार, सुर्यदर्शन सहकारी संस्थासँग १ करोड २० लाख र आसा एण्ड इन्टरनेशनल प्रालिसंग ३७ लाख ९० हजार ३७९ पैसा फिर्ता लिनु पर्ने उल्लेख गरिएको छ ।

सानोपाइला सहकारीमा रकम अपचलन भएको भन्दै ०८० सालको साउन महिनाको २१ गते ५२ जना पीडितले जाहेरी दर्ता गराएका थिए भने ०८० सालकै भदौ महिनामा २०७ जना र ०८१ सालको फागुन २ गते १७९ जनाले जाहेरी दिएका थिए ।

Skip This
Skip This
Logo