भारतीय विदेश सचिव श्रृंगला र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

भारतीय विदेश सचिव श्रृंगला र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

भारतीय विदेश सचिव हर्षबर्द्धन श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज साँझ भेट गरेका छन्। प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको दुई पक्षिय भेटमा नेपाल र भारतका सम्बन्धबारे छलफल भएको छ।

आज नेपाल आएका श्रृंगलाले यस अघि परराष्ट्र सचिवस्तरीय बैठकपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई पनि भेटेका थिए। उनी भोलि स्वदेश फर्किने कार्यक्रम छ ।

यसैबीच नेपाल र भारतका परराष्ट्र सचिवहरुको दुईपक्षीय वार्ता सम्पन्न भएको छ । वार्तापछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै भारतीय विदेश सचिव श्रृंगलाले छलफलको राम्रो शुरुवात भएको प्रतिक्रिया दिए । उनले दुई देशको बीचमा देखिएका समस्या समाधान गर्ने विषयमा छलफल भएको बताए । आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताए।

वार्तामा परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव श्रृंगला सहभागी थिए । भारतीय विदेश सचिव श्रृंगला दुई दिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौं आइपुगेका हुन् ।

Logo