राप्रपा नेपालको कार्यक्रममा पुगेर लिङ्देनले भने- राष्ट्रवादी शक्तिहरु एक ठाउँमा आउनुपर्छ

राप्रपा नेपालको कार्यक्रममा पुगेर लिङ्देनले भने- राष्ट्रवादी शक्तिहरु एक ठाउँमा आउनुपर्छ

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा लुटतन्त्र, निरङ्कुशता हावी भइरहेको भन्दै त्यसको अन्त्यको लागि राप्रपाबाहेक कुनै विकल्प नरहेको दाबी गरेका छन् ।

सोमबार राजावादी आन्दोलनको क्रममा पक्राउ परेकाहरुको रिहाइको माग गर्दै राप्रपा नेपालले आयोजना गरेको जनप्रदर्शनमा बोल्दै अध्यक्ष लिङ्देनले अहिले सिंगो देशले राप्रपालाई आशाको नजरले हेरिराखेको भन्दै सबै प्रकारका आग्रह पूर्वाग्रह त्यागेर देशलाई निकास दिन एक ठाउँ बसेर अगाडि बढ्न सदैव तयार रहेको बताएका हुन् ।

उनले भने,‘अहिले सिंगो देशले हामीलाई आशाको नजरले हेरिराखेको छ । त्यसकारण सबै देशभक्ति साथीलाई आग्रह गर्न चाहन्छु । सबै प्रकारका आग्रह पूर्वाग्रह त्यागेर देशलाई निकास दिन एक ठाउँ बसेर अगाडि बसौं । राष्ट्रिय प्रजातन्त्र पार्टी सदैव तयार छ ।’

त्यस्तै, उनले भ्रष्टाचार, कुशासनले आज देश आक्रान्त भएको भन्दै सबैभन्दा अप्ठ्यारो अवस्थामा पुगेको बताए । यस्तो अवस्थामा देशको अस्मिताको रक्षाको लागि देशका सबै देशभक्त र राष्ट्रवादी शक्तिहरु एकठाउँमा आउन आवश्यक रहेको उनको भनाई छ ।

लोकतन्त्रमा मानव अधिकारका कुरा गर्नेहरुले चैत्र १५ गते लोकतन्त्र र मानव अधिकारको खिल्ली उडाएको पनि उनको टिप्पणी छ ।

Skip This
Skip This
Logo