इटहरी
सुनसरीको इटहरी उपमहानगरपालिकाको इटहरी बजारस्थित मुख्यचोकमा रहेको एक पसलमा आगलागी भएको छ ।
संगीतचौक पश्चिम तिरुपति होटल पछाडी साङसुम रुम भएको घरमा आगलागि भइरहेको छ । दिउँसो साढे एक बजे लागेको आगो निभाउनका लागि सुनसरीको धरान, इनरुवा, इटहरी, मोरङको विराटनगर, सुन्दरचौका दमकल पुगेका छन् ।
व्यापारिक भवनमा सल्किएको आगो अन्यत्र नफैलिए पनि भवनभित्र ठूलो क्षति भएको छ । आगलागीको कारण खुल्न नसके पनि लक्ष्मीपूजाको तयारीका क्रममा बत्ती बाल्दा आगो सल्किएको अनुमान गरिएको छ । आगलागी नियन्त्रणको प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानाएको छ ।































प्रतिक्रिया