विद्यालय शिक्षक र कर्मचारी विभाजितः सरकारसँगको सहमतिपछि शिक्षक नेतृत्वमाथि नै खनिए कर्मचारी

विद्यालय शिक्षक र कर्मचारी विभाजितः सरकारसँगको सहमतिपछि शिक्षक नेतृत्वमाथि नै खनिए कर्मचारी

केन्द्रबिन्दु
876
Shares

काठमाडौं । विद्यालय कर्मचारीहरूले नेपाल शिक्षक महासंघले धोका दिएर सरकारसंग सहमति गरेको आरोप लगाउदै कर्मचारीहरु फेरि आन्दोलन गर्ने तयारीमा रहेको बताएका छन् ।

विहिबार नेपाल शिक्षक महासंघले आह्वान गरेको आन्दोलनको समिक्षा बैठकमा कर्मचारीहरुले सरकारसंग भएको सहमतिमा आपत्ति जनादै बैठकबाट बाहिरिएका थिए । त्यसपछि आकस्मिक बैठक बसेर आन्दोलन गर्ने तयारीमा रहेको विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताए ।

उनले भने, ‘ १५ वर्ष देखि शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसंग संगत गरेकाले यस्तो घाट हुन्छ भन्ने कल्पना समेत गरेको थिएन । कर्मचारीरुलाई ठुलै धोका भएको छ हामि फेरि आन्दोलन गर्छाै ।’

त्यस्तै विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले नेपाल शिक्षक महासंघले मत्रीसंग कैलाश खाएर निर्णय परिवर्तन गरेको आरोप लगाए । उनले भने, ‘सरकारले शिक्षकहरूलाई ललिपप देखाएको र त्योभन्दा महासंघले आफूहरूलाई ठुलो ललिपप देखाउने काम भयो ।’

सरकार र शिक्षक महासंघबिच बुधबार ९ बुँदे सहमति भएको थियो । सो सहमतिबारे जानकारी दिन बिहीबार काठमाडौँको रत्नराज्य माध्यमिक विद्यालयमा कार्यक्रम राखिएको थियो । कार्यक्रममा असन्तुष्ट कर्मचारीहरूले नारावाजी गर्न थालेपछि महासंघका अध्यक्ष सुवेदीलाई प्रहरीको सहयोगमा बैठकबाट बाहिर निकालिएको थियो ।

कर्मचारीको सञ्चित बिदाको विषयमा लेखिएन । त्यस्तै, तलबमानको विषयमा विद्यालय कर्मचारीमा श्रेणीविहीन छ, कार्यालय सहयोगी । उनीहरूलाई २६ हजार ८२ र लेखाका साथीहरूका ३४ हजार ९०० दिनुहोस भनेर भन्यौँ । तर, त्यो पनि नमानिएको कर्मचारीहरुले बताएका छन् ।

Skip This
Skip This
Logo