पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट प्रतियोगिताको ‘प्लेयर अफ दि टुर्नामेन्ट’ बनेका छन चितवन राइनोजका अलराउन्डर सनी पटेल।
बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका सनीले प्रतियोगितामा ७ इनिङमा १ अर्धशतकसहित १ सय ९४ रन जोडेका थिए। यस्तै उनले १० विकेट लिन सफल भए। बलिङमा बढी विकेट लिने खेलाडीको दोस्रो स्थानमा रहेका सनी बढी रन जोड्ने खेलाडीको सूचीमा तेस्रो स्थानमा रहे।
त्यस्तै करण केसी प्रतियोगिताको उत्कृष्ट बलर घोषित भए। उनले प्रतियोगितामा ७ इनिङमा १२ विकेट लिए। हुलास काठमाडौं रोयल्यसका गौरव तोमार उत्कृष्ट ब्याट्सम्यान भए । २ अर्धशतक प्रहार गरेका तोमारले प्रतियोगितामा सबैभन्दा बढी ६ इनिङमा २ सय १२ रन जोडेका थिए।
तीनै जनालाई सुजुकी मोटरबाइक पुरस्कार दिइयो । त्यस्तैतीव्र गतिका बलर रासिद खान इमर्जिङ खेलाडी भए। उनलाई ५१ हजार रुपैयाँ प्रदान गरियो। पोखराकै स्पिनर ललितनारायण राजवंशी मोस्ट भ्यालुएबल खेलाडी भए। उनलाई १ लाख १ हजार रुपैयाँ प्रदान गरियो।
पीपीएल उपाधि बिजेता पोखरा पल्टनले नगद २७ लाख रुपैया हात पारे । त्यस्तै, उपविजेता चितवनले १० लाख नगद प्राप्त गरेको छ ।





























प्रतिक्रिया