काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।
आज सम्पन्न सेमिफाइनलकाे पहिलाे लेगमा युनाइटेडले स्पेनिस क्लब एथ्लेटिक क्लबलाई उसकै मैदान सान मामेस स्टेडियममा ३-० ले पराजित गरेकाे हाे ।
कासेमिरोले खेलको ३०औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका लागि पहिलो गोल गरे र भ्रमणकारी टोलीको दबदबा कायम गरे । त्यसको सात मिनेटपछि नै ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर पारेका थिए । पोर्चुगाली मिडफिल्डर ब्रुनोले पहिलो हाफको अन्तिम मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि म्यानचेस्टर युनाइटेडले पहिलो हाफमै तीन गोलको सहज अग्रता लियो।
एथ्लेटिक क्लबले खेलमा फर्कन संघर्ष गरेकाे थियाे । तर सकेन । एथ्लेटिकका डानी भिभियनले रातो कार्ड पाएका थिए ।
अब दोस्रो लेग ओल्ड ट्राफोर्डमा हुनेछ । एथ्लेटिक क्लबलाई युरोपा लिगको सपना जीवित राख्न उल्लेखनीय पुनरागमन गर्नुपर्नेछ।





























प्रतिक्रिया