काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ मा उद्यमशिलतामैत्री शिक्षाको नीति अपनाउने घोषणा गरेकाे छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उद्यमशिलतामैत्री शिक्षाको नीति अपनाई श्रम क्षेत्रका रहेको सिपयुक्त श्रम शक्तिको अभाव र सिपहिन श्रमशक्ति जगेर्ना रहने अवस्थाको अन्त्य गर्नका लागि हालको पाठ्यक्रम, सिकाई र अध्यापन विधिमा व्यापक सुधार गर्ने लक्ष्य लिएको बताएका हुन् ।
त्यसैगरी विद्यालय शिक्षामा देखिएका चुनौतिहरु समाधान गर्न नीतिगत नतथा कानुनी प्रबन्ध गर्ने । विश्वविद्यालय शिक्षालाई ज्ञान, अनुसन्धान तथा विकास तर्फको केन्द्रित गर्ने बताएका छन् ।































प्रतिक्रिया