काठमाडौं– गएको महिना काठमाडौंमा भएको नेपाल नगरपालिका संघको महाधिवेशनमा नयाँ नेतृत्वबारे छलफल भइरहेको थियो । त्यहाँ संघका पूर्व अध्यक्षसमेत रहेका प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायत थिए ।
पूर्व एमालेबाट स्थानीय निकायका जनप्रतिनिधिहरु भइसकेका नेताहरुबीचको छलफलमा काठमाडौं महानगरपालिकाका पूर्व मेयरसमेत रहेका प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितले सार्वजनिक स्थानमा नै पौडेलको मानमर्दन गरे । ‘मैले चाहेको भए उ… पौडेलजी नगरपालिका संघको अध्यक्ष हुन्थे र,’ स्थापितले डोरमणिलाई चोर औंला देखाउँदै भने, ‘महानगरपालिका भनेको महानगरपालिका हो नि यार, उहाँ त नगरपालिकाको मेयर हो ।’





























प्रतिक्रिया