अर्घाखाँची

चितुवाको आक्रमणबाट अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ ढिकुरामा ४ वर्षीय बालकको ज्यान गएपछि चितुवा मार्न प्रहरी परिचालन गरिएको छ । "/>

नरभंक्षी चितुवा मार्न हतियारसहितको विशेषटोली परिचालन

नरभंक्षी चितुवा मार्न हतियारसहितको विशेषटोली परिचालन

केन्द्रबिन्दु
0
Shares

अर्घाखाँची

चितुवाको आक्रमणबाट अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ ढिकुरामा ४ वर्षीय बालकको ज्यान गएपछि चितुवा मार्न प्रहरी परिचालन गरिएको छ ।

जिल्लाका विभिन्न स्थानमा चितुवाको आक्रमण नरोकिएपछि चितुवा आतङ्कले जिल्लावासी त्रसित भएका छन् । चितुवा मार्न शसस्त्र प्रहरी, नेपाल प्रहरी र वनका सुरक्षकर्मीसहित ४५ जना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।

चितुवाको आक्रमणबाट ज्यान गुमाएका बालकको घरमा गइ परिवारलाई समवेदना प्रकट गर्दै प्रमुख जिल्ला अधिकारी भुसालले स्थानीयको माग अनुसार चितुवा मार्न घटनास्थलबाटै सुरक्षाकर्मी परिचालन गरेका हुन् । नरभक्षी चितुवा मार्न हतियारसहितको विशेष टोली परिचालन भएको हो ।

चितुवाको आक्रमण भएपछि प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको नेतृत्वमा प्रहरी निरीक्षक खिमबहादुर बम, जिल्ला वन कार्यलयका प्रमुख अजयविक्रम मानन्धरसहितको टोली परिचालन भएको हो । जिल्लामा चितुवा आक्रमण र आतंक बढ्दै गएको लामो समय हुँदा समेत प्रहरी प्रशासनले चितुवा मार्नका लागि अहिलेसम्म महत्वपूर्ण भूमिका खेल्न नसकेको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका छन् ।

नरभक्षी चितुवाले पछिल्लो पाँच बर्षमा दुई दर्जन बालबालिकामा आक्रमण गरेको छ । जसका कारण १८ जनाको ज्यान गएको छ। ६ जना घाइते उपचारपछि निको भएका छन्।  
अन्नपूर्णबाट

Logo