बायर्न बन्यो बुण्डेसलिगा च्याम्पियन, केनलाई करिअरकै पहिलो उपाधि

बायर्न बन्यो बुण्डेसलिगा च्याम्पियन, केनलाई करिअरकै पहिलो उपाधि

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । बायर्न म्युनिखले बुण्डेसलिगाको उपाधि पक्का गरेको छ । गएराति तालिकाको दोस्रो स्थानमा रहेको बायर लेभरकुजन फ्रेएवर्गसँग २(२ गोलको बराबरीमा रोकिएपछि बायर्नले ३४औं पटक लिग उपाधि जितेको हो ।

यसअघि शनिबार राति रेडबुल एरिनामा बायर्न आरबी लाइपजिगसँग ३–३ गोलको नाटकिय बराबरीमा रोकिएपछि उपाधि जित्न अर्को खेल पर्खनुपरेको थियो । बायर्नको ३२ खेलबाट ७६ अंक छ भने समान खेलबाट दोस्रो लेभरकुजनको ६८ अंक छ । दुबै टोलीको दुई खेल बाँकी हुँदा बायर्न ८ अंकले अगाडि रहँदै उपाधि सुरक्षित गरेको हो।

यता इंग्लिस फरवार्ड ह्यारी केनले आफ्नो करियरकै पहिलो उपाधि जितेका छन् । १५ वर्षे यो करिअरमा इंग्ल्याण्डका कप्तान समेत रहेका केनका लागि यो पहिलो उपाधि हो । टोटनहममा लामोसमय विताएपछि उनी सन् २०२३ मा बायर्न पुगेका थिए ।

Logo