मलंगवा

सर्लाहीको रामनगर गाउँपालिका ४ मा मंगलबार नेकपा र काँग्रेस कार्यकर्ताबीच भएको झडपमा गोली लागेर मृत्यु भएका रामविलास महतोको हत्यारालाई पक्राउ नगरेको भन्दै कांग्रेस जिल्ला कार्यसमिति सर्लाही आन्दोलित भएको छ । "/>

हत्यारालाई पक्राउ नगरेको भन्दै सर्लाहीमा कांग्रेसको मसाल जुलुस

हत्यारालाई पक्राउ नगरेको भन्दै सर्लाहीमा कांग्रेसको मसाल जुलुस

केन्द्रबिन्दु
0
Shares

मलंगवा

सर्लाहीको रामनगर गाउँपालिका ४ मा मंगलबार नेकपा र काँग्रेस कार्यकर्ताबीच भएको झडपमा गोली लागेर मृत्यु भएका रामविलास महतोको हत्यारालाई पक्राउ नगरेको भन्दै कांग्रेस जिल्ला कार्यसमिति सर्लाही आन्दोलित भएको छ ।

आन्दोलनको पहिलो दिन जिल्लाका २० ओटै स्थानीय तहमा मसाल जुलुस प्रर्दशन भएको छ । मलङ्गवास्थित पार्टी कार्यालयमा बसेको जिल्ला कार्य समितिको बैठकले गोलीकाण्डको घटनामा पार्टीले राखेका चार माग मध्ये कुनैपनि माग सम्बोधन नभएपछि आफूहरु बाध्य भएर आन्दोलनमा उत्रिनु परेको कांग्रेसले जनाएको छ ।

कांग्रेसले मृतक महतोलाई सहीद घोषणा गर्नु पर्ने, मृतकका परिवारलाई उचित राहतको व्यवस्था गर्नुपर्ने, गोलीको छर्रा लागेर घाइते भएकाको सरकारले निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने र घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने माग राखेका छन् । माग पूरा नभएपछि ५ दिन देखि महतोको शव पोस्टमार्टम गरी अझैपनि जिल्ला अस्पताल मलंगवामै रािखएको छ ।

माग पूरा गराउन स्थानीय प्रशासनले कुनै पहल नगरेपछि आन्दोलनको कार्यक्रम घोषणा गर्नु परेको कांग्रेसका सर्लाही सभापति नागेन्द्रकुमार रायले बताए । ‘हामीले पहिलो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छौं । पहिलो चरणको आन्दोलनपछि पनि माग पूरा भएन भने कठोर आन्दोलन गछौं’, सभापति रायले भने ।
अन्नपूर्णबाट

Logo