आज देशका कुन-कुन स्थानमा हुँदैछ वर्षा ?

आज देशका कुन-कुन स्थानमा हुँदैछ वर्षा ?

केन्द्रबिन्दु
66
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका ‍एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, राति भने कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग् सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Skip This
Skip This
Logo