अर्घाखाँचीको शितगंगा नगरपालिकास्थित बुङ्ची खोला बगरमा ‘ट्रान्सपार्टी’ गर्ने ६४ जना बिदेशी र ४ जना नेपालीलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा अर्घाखाँची शितगंगा–१० हर्रेका शालिकराम पोख्रेल, कपिलवस्तु बनगाइका मोतीराम गैरे, ललितपुर कुपन्डोलका शु–सान्त पौडेल र वारा कलैयाका दिपेन्द्र सोनारी रहेका छन् । २७ बर्षीय पौडेल मुख्य आयोजक हुन्। गैरेको जग्गामा उनीहरुले पार्टी गरेका थिए। पार्टीमा २२ जना बिदेशी महिलाहरु समेत सामेल थिए।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल परियारको टोली घटनास्थलमा पुगेर उनीहरुलाई पक्राउ गरेका हुन्। पक्राउ पर्नेहरुमा जापान, अमेरिका, स्पेन, बेलायत, अस्ट्रेलिया, भारत लागायतका नागरिक रहेका छन् । बुङ्ची खोला बगरमा बिदेशी नागरिकहरुले नग्न अवस्थामा नुहाइरहेको खबर आएपछि इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक परियारको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
कार्यक्रम आयोजना गर्न स्थानीय शीतगंगा नगरपालिकामा निबेदन दिए पनि प्रशासनसंग भने अनुमति लिएका थिएनन।
‘रम्बो टुगेदर ग्रुप’का नामले परिचित यसका बिश्वभर ६० देशका सदस्य रहेको बताइन्छ । ‘३० लभ एन्ड हर्मनी’को सिद्धान्त बोकेका उनीहरुले यस अघि पनि सिन्धुपाल्चोक लगायतका जिल्लाहरुमा कार्यक्रम गरेका थिए ।































प्रतिक्रिया