पोखरा प्रिमियर लिग (पीपीएल) को शुक्रबारको दोस्रो खेलमा काठमाडौं रोयल्सले बुटवललाई १ सय ७३ रनको चुनौती दिएको छ । टस जितेर ब्याटिङ रोजेको काठमाडौंले निर्धारित २० ओभर खेलेर ४ विकेटको क्षतिमा एक सय ७२ रनको योगफल तयार पारेको हो ।
काठमाडौंका लागि जयकृष्ण कोसवालले सर्वाधिक ४२ रन, पवन सफारले २२ रनकाे याेगदान गरे । कप्तान ज्ञानेन्द्र मल्ल २५ रनमा र नरेश बुढाऐरले ५८ रनको योगदान गरे । बुटवलका लागि विपिन खत्रीले २ विकेट, रोशन मुस्तफ र साम्सद शेखले १/ १ विकेटको योगदान गरे।
बुटवल ब्लास्टर्स ४ खेलमा ४ अंकसहित अंक तालिकाको दोस्रो स्थान र काठमाडौं रोयल्स ३ खेलमा ४ अंकसहित पाँचौ स्थानमा रहेकाे छ ।





























प्रतिक्रिया