काठमाडौं । कार्तिक १६ गते शुक्रबार दुई वटा नेपाली चलचित्र ‘मालिका’ र ‘चंङ्गा चेट’ प्रर्दशनमा आएको छ । घटस्थापना देखि प्रर्दशनमा आएको चलचित्र ‘छक्का पन्जा ३’ र फुलपातीको दिन देखि प्रर्दशनमा आएको चलचित्र ‘जयभोले’ ले पनि यी दुई नयाँ चलचित्रसँग हल साटेका छन् ।
१) चङ्गा चेट
दिप्रेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘चङ्गा चेट’ मा आयुषमान देशराज जोशी, प्रिय्रका कार्की, परमिता आर एल राना, सन्दिप क्षेत्री, रविन्द्र झा र सुरक्षा पन्त लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । माधव वाग्ले र सर्मिला पाण्डेले सयुक्त निर्माण गरेको यस चलचित्रलाई प्रदिप भारद्घाजले लेखेका हुन् ।
२) मालिका
रेखा थापाले अभिनय, निर्माण र निर्देशन गरेको चलचित्र हो ‘मालिका’ । महिला हिंसा विरुद्ध आवाज उठाउने सामाजिक कथामा आधारित चलचित्र ‘मालिका’ मा रेखा थापाका साथै कमला वलीको पनि मुख्य अभिनय रहेको छ । वलीले यस चलचित्रबाट डेब्यु गरेकी हुन् । सरस्वती थापाको निर्माणमा बनेको चलचित्रमा कार्यकारी निर्माता नर बहादुर कार्की रहेका छन् । यस चलचित्रको कथा रेखा थापा र नर बहादुर कार्कीले तयार पारेका हुन् ।
यसै मितिमा एरिक भ्यालीले निर्देशन गरेको ९० मिनेटको डकुमेन्टी फिल्म ‘बियोन्द द क्लाउड्स’ पनि प्रर्दशनमा आएको छ । यो डकुमेन्टी २०१८ को ओस्कार नोमिनेटेड चलचित्र हो ।





























प्रतिक्रिया