सरकारले एक सय वटा नयाँ पर्यटकीय गन्तव्य घोषणा गरेको छ। सरकारले आर्थिक बर्ष २०७५/७६ को बजेटमा घोषणा भए अनुसार पर्यटकीय गन्तव्यहरु छनौट गरिएको हो ।
सरकारले आर्थिक बर्ष २०७५/७६ को बजेटमार्फत नै नयाँ सय गन्तव्य छनोटका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको थियो। नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिस भएको तथा आवेदन परेको गन्तव्यको आधारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गन्तब्यहरु घोषणा गरेको हो ।
यसका साथै सरकारले अतिरिक्त थप प्रचारप्रसार गरि प्रबर्द्धन गरिने स्थापित गन्तव्यहरुको सूची समेत प्रकाशन गरेको छ। सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ् सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ का रुपमा मनाउदै छ ।





























प्रतिक्रिया