पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा जारी पहिलो खेलमा अहिले काठमाडौं रोयल्सबिरुद्ध चितवन राइनोजले जित हात पारेको छ । चितवन राइनोजले १३ रनले जित दर्ता गरेको हो ।
टस हारेर पहिलो ब्याटिङ गरेको चितवनले काठमाडौँलाइ १५० रनको लक्ष्य दिएको थियो । तर काठमाडौंले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३६ रन मात्र जोड्न सक्यो।
कप्तान पारस खड्काको टिम चितवन राइनोजको यो दोश्रो जित हो । यस अघि बुधबार चितवनले धनगढीलाई हराएको थियो। यो जितसंगै चितवनले दोस्रो चरण पुग्ने सम्भावना कायमै राखेको छ।
काठमाडौंको यो पहिलो हार हो । उसले २ खेल खेल्न बाँकी छ। काठमाडौं र चितवनको अंक भने समान ४-४ छ ।





























प्रतिक्रिया