बार्षिक पौने २ अर्बको पुष्प कारोवार, ११ करोडको आयात हुँदा २ करोडको निर्यात

बार्षिक पौने २ अर्बको पुष्प कारोवार, ११ करोडको आयात हुँदा २ करोडको निर्यात

केन्द्रबिन्दु
0
Shares

नेपालमा बार्षिक एक अर्व ८६ करोड रुपैंयाको फूलको कारोबार हुने गरेको छ ।

नेपालमा बि.सं. २०११ बाट शुरु भएको पुष्प व्यावसाय शहरीकरणको विकास तथा विस्तार सँगसँगै अहिले ४३ जिल्लामा पुष्प खेती बिस्तार भईसकेको छ । अहिले नेपालमा पूmलको ब्यवसायीक खेती हुने ठाउँहरुहरुमा पोखरा, नारायणघाट, हेटौँडा, विराटनगर, धरान, बुटवल, धनगढी लगायत रहेका छन् । आर्थिक वर्ष २०७४/७५ सम्म करिब ६७९ जना ब्यक्तिले पुष्प व्यवसाय अँगालेका छन् ।

नेपालमा हाल लगभग १५५ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको छ । प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ४३ हजार ५ सय भन्दा बढी पुष्प व्यवसायमा आश्रित व्यक्तिहरुलाई रोजगारी उपलब्ध गराई रहेको छ ।

आयात ११ करोड, निर्यात २ करोड

यस्तै आ.ब.२०७४/७५ मा ११ करोड रुपैंया बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएको छ । त्यस्ते २.३७ करोड रुपैंयाको निर्यात हुने गरेको छ । समग्रमा पुष्प व्यवसायको वार्षिक बृद्धिदर १० देखि १५ प्रतिशतको हाराहारीमा रहेको प्mलोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ ।

पुष्प मेला सुरु

ललितपुरको जावलाखेलमा आजदेखि १२ औं गोदावरी पुष्प मेला सुरु हुँदैछ । ‘रोपेर फूल गोदावरी, सजाआैँ घर आँगन वरिपरी’ भन्ने नाराका साथ हुने प्रदर्शनीमा ४८ वटा स्टल रहने आयोजक फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ । 

ललितपुरको जाउलाखेल फुटबल मैदानमा ४ दिनसम्म चल्ने पुष्प प्रदर्शनीमा ६० लाख रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ ।

Logo