काठमाडौँ

नेपाल विद्युत प्राधिकरणले जनतालाई सेयर दिने गरी ३ खर्ब रुपैयाँ भन्दा बढी लागत भएका जलविद्युत आयोजना निर्माण अगाडि बढाउने भएको छ । "/>

तीन खर्ब रुपैयाँ बढीका आयोजना निर्माणको तयारी हुँदै

तीन खर्ब रुपैयाँ बढीका आयोजना निर्माणको तयारी हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाल विद्युत प्राधिकरणले जनतालाई सेयर दिने गरी ३ खर्ब रुपैयाँ भन्दा बढी लागत भएका जलविद्युत आयोजना निर्माण अगाडि बढाउने भएको छ । ऊर्जा क्षेत्रमा हाल धेरैवटा आयोजना सेयर निष्कासनको तयारीमा रहेको भन्दै प्राधिकरणले यस्तो जानकारी गराएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले श्वेतपत्र मार्फत ती आयोजना जनताको लगानीमा बनाउने घोषणा गरेका थिए । सोही घोषणा अनुरूप विद्युत प्राधिकरणले यो योजना अगाडि बढाएको हो ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो वर्ष सेयर वर्षका रूपमा मनाउन लागिएको बताए । ‘८३० मेगावाटको माथिल्लो अरुण, दूधकोसी, तामाकोसी पाँचौं लगायतका आयोजनामा लगानी हुने इक्विटीको ४९ प्रतिशतमा जनताको लगानी सुनिश्चित गरिनेछ,’ घिसिङले भने ।

कार्यकारी निर्देशक घिसिङले ती आयोजनामा सर्वसाधारणको ४९ प्रतिशत सेयर सुनिश्चित हुनेगरी १८ सय मेगावाटका आयोजना तत्काल अगाडि बढाउन लागिएको जानकारी दिए । ती आयोजना निर्माणका लागि छिट्टै टेन्डर आह्वान गरिने उनले बताए । घिसिङले भने, ‘विश्व बैंक, एसियाली विकास बैंक पनि यो मोडलमा लगानी गर्न तयार छन्, उनीहरूबाट लिने ऋण सस्तो हुँदा कस्ट अफ फन्ड कम हुँदा आयोजना पनि सस्तो पर्छ ।’

माथिल्लो तामाकोसी, चिलिमेको अगुवाइमा निर्माण भइरहेका तीन–चार वटा आयोजनामा १ खर्ब भन्दा इक्विटी र ऋण स्वदेशी लगानीबाट भएको उल्लेख गर्दै घिसिङले यसबाट जलविद्युत आयोजना निर्माणमा स्वदेशी लगानी जुटाउन सकिने पुष्टि भएको बताए ।

‘२२ मेगावाटको चिलिमेले २७० मेगावाटका आयोजना अगाडि बढाउन सफल भएको छ, ४५६ मेगावाटको आयोजना सम्पन्न भएपछि हजारौं मेगावाटका आयोजनामा पुनर्लगानी गर्न सकिन्छ,’ उनले भने । यसको सुरुवात मध्यभोटेकोसी जलविद्युत कम्पनीको सेयरबाट हुँदैछ । कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको कर्मचारीका लागि छुट्याइएको २४ प्रतिशत सेयर निष्कासन गर्दैछ । आगामी २८ कात्तिकबाट सेयर निष्कासनको तयारी थालिएको छ ।
राजधानीबाट

Skip This
Skip This
Logo